Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

ग्रिन रिकभरी परियोजना सुचारु

दैलेख :  जिल्लाको डुगेश्वर गाउँपालिकामा ग्रिन रिकभरी कार्यक्रम सुचारु भएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, डुगेश्वर गाउँपालिकाको संयुक्त साझेदारीमा महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरणमा परियोजना सुंचारु भएको हो ।
स्थानीय स्रोत अर्थतन्त्रको प्रवर्द्धन गरी जीविकोपार्जनमा टेवा हरित रोजगारी र कृषि पशुपालन व्यवसायमा वातावरणमैत्री अभ्यास प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारमा जोड्ने प्रमुख उद्देश्यका साथ परियोजना सुचारु भएको बताइएको छ ।
महिला सशसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले कोरोना महामारीका कारण बेरोजगार बनेका युवाहरूलाई गाउँमै रोजगारमा जोड्ने उद्देश्यले परियोजना सुचारु गरिएको जानकारी दिइन । उनले परियोजना र गाउँपालिकाका बराबर लगानीमा डुगेश्वर गाउँपालिका –२ र ३ मा सञ्चालन हुने बताइन । उनले भनिन परियोजनाले गाउँपालिका २ मा कृषि र ३ मा पशुपालन सम्बन्धी काम गर्नेछ ।

महिला सशक्तीकरण मञ्च नेपालका कृषि प्राविधिक संयोजक परियोजना अधिकृत दिवस केसीले परियोजनाले गाउँपालिकाका दुई वडाका तीन सय ५० घरधुरीमा काम गर्ने बताए । उनले परियोजनाका विषयमा पालिका स्तरीय समन्वय बैठक सम्पन्न गरी अन्य कामहरू भइरहेको बताए ।

पालिका स्तरीय समन्वय बैठकका डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले परियोजनाले लिएको लक्ष्य प्राप्तका लागी गाउँपालिका बाट गर्नु पर्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले परियोजनाले पहिलो वर्ष दुई वडामा उत्कृष्ट काम गरेको खण्डमा अन्य वडामा काम गर्न गाउँपालिका साझेदारी गर्न तयार रहेको बताए ।