Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

क्षारसुत्र रोगको निशुल्क सल्यक्रिया

दैलेख  :  गुदरोग तथा क्षारसुत्र सम्बबन्धि निशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको आयोजनामा गरिएको दुई दिने गुदरोग तथा क्षारसुत्र शिवीरमा ३० जनाको निशुल्क सल्यक्रिया गरिएको आयुर्बेद स्वास्थ्य केन्द्र दैलेखले जानकारी दिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख राम प्रसाद महत्तोले दुई दिनका लागि गरिएको शिविर बिरामी चापका कारण तीन दिन गरिएको बताए । उनले शिविरमा १५० भन्दा बढी पाईल्सका बिरामी आए पनि ३० जनाको शल्यक्रिया भएको बताए । उनले भने शल्यक्रियाको लागि ४० जना सिफारिस भएको भए पनि १० जनाले शल्यक्रिया गर्न मानेनन ।
नारायण नगरपालिका–६ मा सञ्चालित शिविरमा प्रादेशिक आयुर्वेद औषधालय बिजौरी दाङका आयुर्वेद शल्य चिकित्सक डा मदन भण्डारी, नाराणघाट चितवनमा कार्यरत डा विनय कुमार लगायतको टोलीले शल्यक्रिया गरेका थिए । पाईल्सका रोगीहरुका लागि जिल्लामा पाईल्सको अपरेसन नहुने र भए पनि महँगो हुने भएकाले बिरामीहरु पाईल्सको उपचारकै लागि जिल्ला बाहिर सुर्खेत काठ्माण्डौ जानुपर्ने बाध्यता रहेको थियो ।