Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

फाइल तस्बिर

दैलेख  :  जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सातालाकी २६ वर्षीया सीता थापाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी थापाको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

दुई दिनदेखि सुत्केरी व्यथा लागेकी थापाको कम्मर मुनि बच्चा अड्केपछि थप उपचारका लागि उद्धार गरी सुर्खेत पठाइएको बताइएको छ । अस्पतालमा अप्रेसन गरी थापाको चार केजीको बच्चा निकालिएको जनाइएको छ। बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।