Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

भाषा संरक्षणमा ध्यान दिन भाषा आयोगको आग्रह

जुम्ला  :  भाषा आयोगले कर्णाली प्रदेशमा बोलीने खस भाषाको संरक्षण गर्न सबैको भुमिका महत्वपुर्ण रहेको बताएका छन । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले भाषाको विरासत र इतिहास बोकेको कर्णालीले मातृभाषा खसभाषाको संरक्षण आवश्यक रहेको बताए ।

आयोगले जुम्ला बहुमुखी क्याम्पसमा गरेको बहुभाषिक शिक्षा नमुना विकास प्रशिक्षण विषयक अन्तरक्रियामा विद्यालयस्तरबाटै खसभाषाको संरक्षण गर्न आवश्यक रहेको वक्ताहरुले जोड दिएका छन । । आयोगका अध्यक्ष अवस्थीले संविधानमै मातृभाषा शिक्षाको संरक्षण हुनुपर्ने भएकाले खस भाषालाई नबिर्सन तथा प्रयोगमा ल्याउन खसभाषीलाई अनुरोध गरेका छन ।

बालबालिकाले घरमा आमाले बोल्ने भाषामा स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर अगाडि बढ्न सुझाव दिए । अध्यक्ष अवस्थीले घरमा बोलिने भाषा विद्यालयमा पढाइ नहुँदा मातृभाषा बिर्सिदै जाँदा प्रभावकारी हुन नसकेको बताए ।

स्थानीय खस भाषाका जानकार रमानन्द आचार्यले खसभाषाबाट नै नेपाली भाषा जन्मिएकाले खसभाषा संरक्षणमा अबको आवश्यकता रहेको बताए । उनले नेपाली भाषाको उद्गमस्थल सिञ्जामा जतिवेलादेखि नागराजले खस राज्यको स्थापना गरेको बताए ।