Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

भेटिएका शव काठमाडौ लिइदै

काठमाडौँ  :  मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा सवार रहेकामध्ये २१ जनाको शव फेला परेको छ। विमानमा सवार २२ जनामध्ये २१ जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले देशसञ्चारलाई जानकारी दिए।

प्रजिअ शर्माले भने, एक जनाको शव मिसिङ छ। अहिलेसम्म २१ जनाको शव भेटियो।’ भेटिएका २१ मध्ये १० जनाको शव लिएर नेपाली सेनाको एमआइ–१७ हेलिकप्टर काठमाडौँका लागि उडेको छ। पोखरामा इन्धन भरेर हेलिकप्टर काठमाडौँ आउने स्रोतले बतायो।

स्रोतका अनुसार अहिलेसम्म क्याप्टेन प्रभाकर घिमिरेको शव पहिचान भएको छ। तर त्यसको आधिकारिक पुष्टि भएको छैन। खराब मौसमका कारण भेटिएका २१ मध्ये ११ शव ल्याउन नसकिएको बताइएको छ। अहिले खवाङमा कैलाश र फिस्टेल एयरका हेलिकप्टर तयार अवस्थामा छन्। मौसममा सुधार आउनवित्तिकै बाँकी शव पनि काठमाडौँ पठाइने छ।