Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

पाँच वर्षमा २५ हजार मतदाता थपीए

दैलेख  :  दैलेखमा पछिल्लो पाँच वर्षमा साढे २५ हजार मतदाता थपिएका छन् । दैलेखमा ११ स्थानीय तहमा पछिल्लो पाँच वर्षमा २५ हजार ५०६ जना मतदाता थपिएका हुन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार ४ सय ८९ जनाले मतदानमा भाग लिन पाउने भएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा १ लाख ३२ हजार ९ सय ८३ मतदाता थिए ।
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दैलेखको दुल्लु नगरपालिकामा सबै भन्दा धेरै मतदाता छन् । दुल्लु नगरपालिकामा २५ हजार ५ सय २८ जना रहेको आयोगले जनाएको छ । यस्तै आठबीस नगरपालिका १६ हजार ५ सय ६७ जना मतदाता छन् । गुराँस गाउँपालिकामा १३ हजार ४ सय ९२, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १४ हजार ६ सय ३३ जना मतदाता छन् ।
त्यसैगरी ठाटीकाँध गाउँपालिका १० हजार ३ सय ७५, डुङ्गेश्वर गाउँपालिकामा १० हजार ५ सय ८० जना मतदाता छन् । नारायण नगरपालिका १७ हजार ८ सय ६७, नौमूले गाउँपालिकामा १२ हजार ८ सय ६, भगवतीमाई गाउँपालिका ११ हजार ४ सय ९३ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै भैरवी गाउँपालिकामा १२ हजार ९ सय ३१ र महाबु गाउँपालिकामा १२ हजार २ सय १७ जना मतदाता रहेको आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख मनमाया काउचाले बैशाख २९ गते सम्म १८ उम्मेर पुगेका नागरिकले मतदानमा भाग लिन पाउने जानकारी दिइन ।