Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दैलेख बाट इपासर्पोट सेवा सुरु

दैलेख  :  जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाबाटै ई–पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउन सुरु गरेको छ । सरकारले अहिले देशभर विद्युतीय राहदानी वितरण सुरु गरेको छ सोही क्रममा जिल्ला प्रशासन कार्यालय दैलेखले पनि विद्युतीय राहदानी सेवा सुरु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले लामो समय देखि इ पासपोर्ट सुरु हुने भनेर नियमित पासपोर्ट बनाउने प्रक्रिया रोकिएको अवस्थामा विद्युतीय राहदानी सफ्टवेयर जडान गरिए सँगै ई पासपोर्ट सेवा सुरु गरेको बताए । उनले सेवाग्राहीले अनलाइन रजिस्ट्रार गरेर जिल्ला प्रशासनमा गएर प्रक्रिया पूरा गरेमा एक हप्ता भित्रमा इ पासपोर्ट प्राप्त गर्ने बताउँदै पासपोर्ट बनाउन काठमाडौँ धाउनु पर्ने र अनावश्यक खर्च हुने समस्या थियो अव त्यो समस्या समाधान भएको छ । यसबाट सेवाग्राहीले पासपोर्ट फाराम भर्दा हुने खर्च र अनावश्यक झन्झट कम हुन्छ ।