Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

जाहरकोटमा जीप दुर्घटना,नौ घाइते

दैलेख  : जीप दुर्घटना हुदा नौ जना घाइते भएका छन । दैलेख बजारबाट चामुण्डा विन्द्रासैनी नगरपालिका जाँदै गरेको लु २ च ४५५४ नम्बरको बोलेरो जीप नारायण नगरपालिका –२ जाहरकोटमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जीप दुर्घटनामा नौ जना घाइते भएको ६ जना सामान्य उपचार पछि डिस्चार्ज भएको र तीन जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जानकारी दिए ।

उनले जीप चालक सुर्खेत मेहलकुनाका इन्द्रप्रसाद ज्ञवाली, चामुण्डाविन्द्रासैनी नगरपालिका–६ का सूर्य शाही वडा नः – ४ का पूर्ण शाहीलाई थप उपचारका लागि सुर्खेत पठाइएको जानकारी दिए । बाटोमा गुडिरहेको गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।