दैलेखमा क्षयरोगका बिरामी घट्दै
दैलेख : दैलेखमा क्षयरोगका बिरामी घट्दै गएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले विश्व क्षयरोग दिवसको अवसरमा अवसरमा प्रत्येक आर्थिक वर्षमा क्षयरोगका बिरामी घट्दै गएको जानकारी दिइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका क्षयकुष्ठ निरीक्षक नवीन ढकालले पछिल्लो तीन वर्षको अवधिमा क्षयरोगका बिरामी घट्दै गएको जानकारी दिए ।
उनले आर्थिक वर्ष ०७६/०७७ मा एक ४२ जना,०७७/०७८ मा एक सय २८ जना, र आर्थिक वर्ष ०७८/०७९ को छ महिनाको अवधिमा ८० जना कुष्ठरोगका बिरामी फेला परेको बताए । उनले भने ०७६/०७७ मा एक ४२ जना मध्ये एक सय २६ जना नयाँ बिरामी र ६२ जना फोक्सोको बिरामी, ,०७७/०७८ मा एक सय २८ जना मध्ये एक सय १६ जना नयाँ र ७२ जना फोक्सोको बिरामी, ०७८/०७९ को छ महिनाको अवधिमा ८० जना कुष्ठरोगका बिरामी मध्ये ७२ जना फोक्सोको बिरामी रहेको जानकारी दिए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर जीवन ज्ञवालीले क्षयरोग लागेको बिरामी चिकित्सकको सल्लाह अनुसार छ महिना औषधी खाएको खण्डमा निको हुने बताए । उनले क्षयरोग लागेका आफ्ना आमा बुवा,दाजु भाइलाई घृणा नगरी उपचारका लागि अस्पताल लैजानु पर्ने बताए । उनले भने दुई हप्ता भन्दा बढी समय खोकी लागेमा,छाती दुख्ने र ज्वरो आएमा,तौल घट्दै गएमा,खकारमा रगत देखिएमा क्षयरोगको लक्षण हो त्यो देखिन बित्तिकै अस्पतालमा चेकजाँच गर्नु पर्ने हुन्छ ।