Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

दुई नगरपालिका र भूमि आयोग बिच सम्झौता

दैलेख  :  नगरपालिकामा रहेका भूमिहीन,दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासलाई लालपुर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग र दैलेखका दुई नगरपालिका बिच सम्झौता भएको छ । स्थानीय सरकारको कार्यकाल सकिनै लाग्दा जिल्लाका नारायण नगरपालिका र आठबिस नगरपालिकाले आयोग सँग सम्झौता गरेका हुन ।
नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले नगरपालिका भित्र अव्यवस्थित बसोबास गर्दै आएका र बर्षौ देखी जग्गा भोग चलन गरे पनि लालपुर्जा नपाएका सुकुम्वासीलाई तत्काल लालपुर्जा वितरण गर्न आयोग सँग सम्झौता गरेको बताए ।
उनले तत्कालीन केपी शर्मा ओलीको सरकारले भूमि आयोग गठन गरेपश्चात् नगरपालिकाले भूमिहीन,सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारीका लागि निवेदन संकलन गरेको भए पनि सरकार नै परिवर्तन भएका कारण लालपुर्जा वितरण गर्न नसकिएको बताए । उनले भने ढिलै भए पनि नगरपालिकामा रहेका भूमिहीन सुकुम्वासीले लालपुर्जा पाउने भएका छन् । त्यसका लागि आयोग सँग सम्झौता भएको छ । नगरपालिकाको राति माटे,नमुना बस्तीका बादी समुदायलाई लालपुर्जा पाउने बाटो खुलेको छ ।

आठबसि नगरपालिका नगर प्रमुख खड्गराज उपाध्यायले आठबिस नगरपालिका –१ म रहेको सुकी पिपलमा रहेको एक सय १० घरधुरीलाई लालपुर्जा आफ्नै कार्यकालमा वितरण गर्ने गरी तयारी थालेको बताए । उनले आफूले स्थानीय तहको निर्वाचनको बेला जनताका बिचमा गरिएको प्रतिबद्धता समेत पुरा हुने बताए । उनले भने यस अघि धेरै काम भइसकेको थियो । सरकार फेरिए सँगै आयोग खारेज भयो र पुन स्थापना भए सँग आयोग सँग सम्झौता भएको छ अव लालपुर्जा वितरण हुने सुनिश्चित भएको छ ।

भूमि आयोग जिल्ला समिति दैलेखका अध्यक्ष नयराम थापाले अहिले दुई नगरपालिकाले आयोग सँग सम्झौता गरेको बताउँदै अन्य पालिकाले पनि आयोगले पनि केही समयमै सम्झौता गर्ने बताए । उनले वडा स्तर बाट भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरी पालिकालाई सिफारिस पठाउने र पालिकाले आयोगको जिल्ला कार्यालयमा सिफारिस गरे पछि प्रक्रिया अगाडी बढ्ने बताए ।