Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

गुराँस गाउँपालिकामा तालाबन्दी

दैलेख :  गुराँस गाउँपालिकामा तालाबन्दी गरिएको छ । नेकपा(एमाले) गुराँस गाउँ कमिटीले तालाबन्दी गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम भन्दा बाहिर गएर आफू खुसी पाइप,जाली, डसना वितरण गर्ने गरेको भन्दै तालाबन्दी गरिएको नेकपा(एमाले) गुराँस गाउँ कमिटीले जानकारी दिएको छ ।
नेकपा(एमाले) गुराँस गाउँ कमिटीका अध्यक्ष हिम बहादुर वली द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ गुराँस गाउँपालिमा गाउँपालिका अध्यक्षलाई आफुखसी काम नगर्न र काम गर्ने भए वडा अध्यक्षको समन्वयमा काम गर्न ध्यानाकर्षण पत्र बुझाएको भए पनि निर्णय अबज्ञा गर्दै सम्बन्धित वडाका वडा अध्यक्ष र कार्यपालिकाको निर्णय विपरीत ब्यतिगत ढङ्गले कार्यकर्ता केन्द्रित पाइप,जाली वितरण गरेको र बिहीबार गुराँस आधारभूत विद्यालय रानिमत्ता बाट लत्ता कपडा,मेसिन,फिल्टर,लगायत बन्दोबस्तीका सामग्री,अपारदर्शी ढङ्गले कहाँ लिन खोजिएको हो सो को जानकारी नगरी शङ्कास्पद ढङ्गले गाडीमा लोड गरेको अवस्थामा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व ठानी तालाबन्दी गरिएको छ । पटक पटक सार्वजनिक सम्पत्ति दोहन र दुरुपयोग गर्ने,कार्य नरोके सम्म गाउँपालिकामा तालाबन्दी गरी चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडी बढाउने उल्लेख गरिएको छ ।
गुराँस गाउँपालिकाले विज्ञप्ति प्रकाशन गरी नेकपा(एमाले) गुराँस गाउँ कमिटीले गरेको तालाबन्दीको घार भर्त्सना गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओली द्वारा जारी गरिएको विज्ञप्तिमा गाउँ सभा बाट स्वीकृत कार्यक्रम अनुसार काम गरिरहेको र गाउँपालिकाले गरेको लोकप्रिय कार्यक्रम बाट विचलित भएर यस्तो हरकत गरेको उल्लेख गरिएको छ । एमालेका कार्यकर्ताले गाउँपालिकामा तालाबन्दी गर्दा प्रहरी समेत मुख दर्शक बनेको भन्दै गाउँपालिकाले गम्भीर आपत्ति प्रकट गर्दै दोषी उपकर कारबाहीको माग गरेको छ ।