Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

गठबन्धका उम्मेदवारले लगाए विद्यालयमा ताला

दैलेख  :  जिल्लाको सदरमुकामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ब्यबस्थापन समितिको निर्वाचनको अघिल्लो दिन विद्यालयमा तालाबन्दी गरेका छन । विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्नुपर्ने माग गर्दै  गठनबन्धन नेपाली काँग्रेस,नेकपा(एकिकृत समाजबादी र माओबादी पार्टि बाट उम्मेदवार भएका  चारजना उम्मेदवारले आज (शुक्रबार) विद्यालयमा तालाबन्दी गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक निकरबहादुर तारीमाका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्वाचन भोलि (शनिबार) गर्ने तयारी रहेका वेला गठबन्धनका उम्मेदवारले विभिन्न माग राख्दै निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी गरेको जानकारी दिए । उनले गठबन्धनका उम्मेदवारहरूले विद्यालय प्रशासनलाई विभिन्न आरोप लगाउँदै विद्यालयमा तालाबन्दी गरेका छन्।

व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य छनोट सम्बन्धी व्यवस्था शिक्षा नियमावलीविपरीत निर्वाचन मिति तालिका घोषणा गरेको, मतदाता नामावली प्रकाशित र अभिभावक भेला रीतपूर्वक नभएको, उम्मेदवार मनोनयन दर्ता लिएको तर उम्मेदवार मनोनीत फिर्ता समय तालिका नभएको, उम्मेदवारको दाबी विरोध समय भएको तर उम्मेदवार उपरको महल दाबी विरोध छानबिन निवेदन दिँदा सुनुवाइ नगरेको लगायतका ६ बुँदे आरोप लगाउँदै विद्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जनाएका छन्।