Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

निर्वाचन चिन्हका लागि आठ दलले बुझाए बिवरण

दैलेख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन चिन्हका लागि जिल्लाका आठ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ठुला छ दल बाहेक आठ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ताका लागि आवश्यक बिवबरण पठाएका छन् । जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख मनमाया काउचाले निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि चैत ७ गतेसम्म आवेदन दिनका लागि समय दिए अनुसार आठ राजनैतिक पार्टीले निर्वाचन चिन्हका लागि विवरण बुझाएको जानकारी दिइन ।

उनले राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले अन्य आठ दलले चिह्नका लागि विवरण बुझाएको बताइन । उनले भन्नि राष्ट्रिय जनमोर्चा,राष्ट्रिय प्रजातन्त्र पार्टी,मजदुर किसान पार्टी,उन्नत लोकतान्त्रिक पार्टी,नेपाल परिवार दल,सामाजिक एकता पार्टी,राप्रपा नेपाल,जनसमाजबादी पार्टीले आवश्यक विवरण सहित निर्वाचन चिन्हको लागि माग गरेको र दलहरूको विवरण निर्वाचन आयोगमा पठाइएका छौ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा आवश्यक तयारीलाई तीव्र पारिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । छ । निर्वाचन कार्यालयहरूले जनशक्ति व्यवस्थापनलगायतका ,मतदाता नामावलीको आन्तरिक तयारी, सामग्री र कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको अवलोकन र स्थानीय तहसँग समन्वय र जिल्ला सुरक्षा समितिमार्फत निर्वाचन केन्द्रको अवस्थाबारे स्थलगत अवलोकन गरिरहेको जनाइएको छ ।