Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

उम्मेदवार बन्न एमालेले तोक्यो ६ वटा मापदण्ड

चैतभित्रै सिफारिस पठाउनुपर्ने


काठमाडौं  :  नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको मापदण्ड तोकेको छ। काठमाडौंमा बसेको दुई दिने केन्द्रीय कमिटी बैठकले ६ बुँदे मापदण्ड बनाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
पार्टी र पार्टी नीतिप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता विकास र सुशानप्रतिको दृष्टिकोण र सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय भएको उनले बताए।
बैठकले स्थानीय तहको उम्मेदवारका लागि चाहिने सिफारिस र निर्णय गर्ने अधिकार सम्बन्धनमा समेत निर्णय गरेको छ। रिजालका अनुसार वडाध्यक्षका लागि वडा कमिटी र गाउँ ÷नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ भने उपप्रमुख र प्रमुखको हकमा गाउँ÷नगर र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ।
त्यस्तै उपमहानगर र महानगरको हकमा भने पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने रिजालले बताए। त्यसका लागि उपमहानगररमहानगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिस चाहिने उनले बताए। पार्टीका सबै निकायलाई चैतभित्रै सिफारिस पठाउनुपर्ने समेत निर्णय भएको नेता रिजालले
बैठकले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाउन कार्यदल बनाएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमामा कार्यदल बनाइएको रिजालले बताए। कार्यदलमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु साह, युवराज खतिवडालगायत नेताहरु रहेका छन्।

कार्यदलले बनाएको घोषणा पत्र पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते सार्वजनिक गरिने रिजालले बताए। उनले ७५३ वटै स्थानीय तहको समस्या र समाधानका विषयमा घोषणा पत्रमा उल्लेख गरिने बताए।