Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने

काठमाडौं  :  आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र मतदाता छापिने जानकारी दिनुभयो । उहाँले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको बताए ।

सहायक प्रवक्ता अर्यालका अनुसार दुई करोड मतपत्र छाप्नका लागि ११ करोड रुपियाँको कागज किनिसकेको छ । मतपत्र जन शिक्षा सामग्री केन्द्रले छाप्ने छ । निर्वाचनमा एक करोड ७८ लाख मतदान हुने सक्ने अनुमान आयोगले गरेको छ र अन्तिम मतदाता नामवली चैत १३ गते सार्वजनिक हुने उनले जानकारी दिए ।

त्यस्तै, निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचारसंहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ ।