Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

खोलाको पानी खानु पर्नु बाध्यता हट्यो

दैलेख  :  डुगेश्वर गाउँपालिका –१ चुप्राका दुई सय ९४ घरलाई लोहोरो खोलाको पानी खानु पर्ने बाध्यता हटेको छ । ३० औँ विश्व खानेपानी दिवसको अवसर पारेर मुखरीया चुप्रा खानेपानी तथा सरसफाई योजना बाट दुई ९४ घरमा खानेपानीको धारा बितरण गरेर उद्दघाटन गरिए संगै लाहोरे खोलाको पानी खानु पर्ने बाध्यता हटेको हो । डुङ्गेश्वर गाउँपालिका, हेल्भेटास नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक करोड ५६ लाख ५४ हजार रुपैयाँ लागतमा योजना निर्माण भए संगै त्यहाका बासिन्दालाई खानेपानीको समस्या समधान भएको हो ।

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले गाउँपालिकाले एक घर एक धाराको परिकल्पना सहित खानेपानीका योजना निर्माण गरिहेको बताए । उनले चुप्राबासीलाई खानेपानीको सुविधा पुर्याउन सहयोग गर्ने हेल्भेटास नेपाल र सोसेक नेपाललाई धन्यवाद दिए ।
डुगेश्वर गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञावलीले खानेपानीको दिगोपनाका लागि उपभोक्ताहरु सक्रिय हुनुपर्ने बताइन । उनले गाउँपालिकाले प्रत्येक नागरिकको घरमा शुद्ध खानेपानीको धारा जडान गर्ने निति अनुरुप कामहरु भइरहेको बताउँदै आफ्नै कार्यकालमा धेरै नागरिकको घरमा पानीको पहुँच पु¥याइ सकिने बताइन । हेल्भेटास नेपालका टिम लिडर मदनराज भट्टले डुङ्गेश्वर गाउँपालिकाका सबै नागरिकहरुको पहुँचमा शुद्ध खानेपानी पुगेको भन्दै त्यसको संरक्षण र दिगोपनाका लागि नागरिक जिम्मेवार बन्नु पर्ने बताए ।

डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डांगीले खानेपानी समस्याले काकाकुल चुप्राका स्थानीय बासिन्दाको खानेपानी सपना बल्ल पुरा भएको बताए । उनले आफुहरुले निर्वाचनको समयमा चुप्राका बासिन्दालाई खानेपानीको सुविधा पुर्याउने प्रतिबद्धता जनाए अनुसार कार्यकाल सकिनै लाग्दा चुप्रामा खानेपानीको सुविधा पुर्याउन सफल भएको बताए ।

मुखरीया चुप्रा खानेपानी तथा सरसफाई योजना योजना समितिका अध्यक्ष टोपबहादुर खत्रीले चुप्राका दुई सय ९४ घरधुरीमा धारा जडान गरिएको बताउँदै खानेपानी योजना बाट एक हजार सातसय जना लाभान्वित भएको जानकारी दिए । उनले भने विहान ७ बजदेखि साँझ ७ बजेसम्म पानी वितरण गरेका छौ त्यसको पनि शुद्धिकरणका लागि मेसिन समेत जडान गरिएको छ ।