Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

तरकारीको मुल्य नपाँउदा कृषक मारमा


दैलेख  : आलुको उचित मुल्य पाउन नसक्दा यहाँको किसान मारमा परेका छन । बजारमा भारतीय आलु आयात गरिएपछि मुल्यमा आएको गिरावटका कारण यहाँका किसान मारमा परेका हुन । उचित मुल्य नपाएपछि दैलेख गुराँसेका किसानले उत्पादन गरेको आलु सस्तो मुल्यमा बेच्न बाध्य भएको किसानहरुको गुनासो गरेका छन ।
गुराँस गाउँपालिका –५ की धनि बोहोराले भारतीय आलु बिना परीक्षण नोपली बजारमा भित्रिने र आफुहरुले उत्पादन गरेको आलु बजारमा मुल्य नपाउँदा २८ रुपिँया केजी सम्म बेच्नु पर्ने बाध्यता रहेको बताइन । उनले भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ । घरमा राख्न वा नजिकै कोल्डस्टोरको ब्यबस्था छैन । ब्यबसायिक तरकारी खेती गर्दा समेत किसानले उत्पादनमा लागेको लागत समेत उठाउन सक्ने अवस्था छैन ।

बजारमा अहिले कार्डिनल आलु प्रतिकेजी २५ देखी २८ रुपिँयाका दरले बिक्री गर्न बाध्य भएका छौ गुराँस गाउँपालिका मान बहादुर खड्काले भने गर्त वर्ष लकडाउन भएका कारण यहाँको आलु ६० रुपिँया केजी सम्म बिक्रि भएको थियो अहिले २५ रुपिँयामा पनि लिन पनि अप्ठ्यारो मान्छन । आलु खेती मात्र नभएर यहाँ उत्पादन भएको बन्दा,काउली समेतले मुल्य पाउन सकेको छनै ।

गुराँस गाउँपालिका–१ की नन्दा खड्काले पहिले आलुखेतीबाट राम्रै फाइदा हुन्थ्यो कम किसानले तरकारी खेती गर्थे अहिले युएनडिपि गुराँस गाउँपालिका र महिला शसक्तिकरण मञ्च नेपालको सहजीकरणमा संचालन भएको कोभिड–१९ रेस्पोन्स एण्ड सोसियो इकोनोमिक रिकभरी परियोजना दोस्रो चरणमा अन्तरगत कोरोना महामारीका कारण बेरोजगार भएर गाउँमै बसेका युवा,एकल महिला,घरेलु हिंसामा परेका महिलालाई प्रतिब्यक्ति ५० केजी बिऊ निशुल्क बिऊ पाए संगै सबै किसानले ब्यबसायिक आलु खेती गरेको कारण पनि भनेको मुल्य पाउँन नसेको बताइन । उनले परियोजनाले बजारीकरणका लागि आवश्यक ब्यबस्थापन गरेपनि ब्यबसायीले नै तरकारीको मुल्य नदिदा आफुहरुले लगाउँदा लागेको लागत समेत उठान समस्या भएको बताइन । उनले भन्नि आलुको बिऊ किन्दा प्रति केजी एक सय २० रुपिँयामा किन्नु पर्ने र उत्पादन भएको आलु २५ देखी २८ रुपिँयामा बेच्दा किसानहरु मारमा परेका छन ।

जिल्लाको गुराँस गाउँपालिका अधिकाँस वडा सबै भन्दा बढि आलु उत्पादन हुने क्षेत्र हो गुराँस गाउँपालिकाका कृषि प्राबिधिक खेमराज रेग्मीले भने यहाँ बर्षे आलु र हिउँदे आलु दुबै उत्पादन हुन्छ यहाँ बाट बार्षिक चार करोडको आलु निर्यात हुने गरेको भएपनि किसानले मुल्य पाउँन नसकेको बताए ।

महिला सशक्तिकरण मञ्चका कार्यकारी निर्देशक लक्ष्मी कुमारी जिसीले परियोजनाले किसानको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका आठ सय भन्दा किसानलाई २६ वटा समुहमा बिभाजन गरेर बिभिन्न क्रियाकलाप संचालन गरेको बताइन । उनले किसानले उत्पादन गरेको तरकारी संकलन गर्न शितभण्डारको समस्या भएको बताउँदै गाउँपालिकाले विभिन्न वडामा शित भण्डार बनाउनु पर्ने बताइन । राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानले बताएका छन् ।