Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

राजनीतिमा युवा आर्कषण बढ्दो

दैलेख  : गत भदौ १९ गते भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत वडा अधिवेशन बाट दुल्लु नगरपालिका –३ की स्वस्तिका महत वडामा सभापतिमा निर्वाचित भएपछि उनलाई बधाई दिनेको ओइरो लाग्यो । नेपाली काँग्रेसकी नेत्री आरुजु राणा देखी अहिलेका महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरूले फेसबुकमा बधाई सँगै फोन गरेर बधाई दिए । नेपालगञ्ज टेक्निकल कलेजबाट एच एको पढाइ सके लगत्तै कोरोना सङ्क्रमण सुरु भयो । कोरोना कारण लकडाउन भए पछि गाउँ फर्किएकी उनलाई राजनीतिमा लाग्न मन लाग्यो । राजनैतिक परिवारमा हुर्केका कारण पनि राजनीतिमा रुचि राख्नु स्वाभाविक थियो । उनका बुवा भूपेन्द्र जग महत नेपाली काँग्रेस दैलेखको उपसभापति थिए ।बुवाको तीन वर्ष अघि मृत्यु भएपछि बुवाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएको स्वस्तिकाले बताउने गरेकी छन ।

स्वस्तिकाको काँधमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष र नगरपालिकामा आफ्नो पार्टीलाई वडा बाट विजयी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने जिम्मेवारी आएको छ । उनले भन्नि जुन विश्वासका साथ वडा सभापतिमा निर्वाचित भए त्यो विश्वासलाई पुरा गर्न स्थानीय तहको निर्वाचन जित्नु पर्नेछ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ११ स्थानीय पालिका रहेको दैलेखमा अधिकांश पालिकामा युवा नेतृत्वमा पुगेको छन् । दैलेखको नारायण नगरपालिकामा मनोजकुमार थापा,नौमुले गाउँपालिकामा गग बहादुर शाही,भगवतिमाई गाउँपालिकामा खगेन्द्र बहादुर शाही,आठबिस नगरपालिकामा अर्जुन बहादुर शाही,गुराँस गाउँपालिकामा चन्द्र भट्टराई निर्वाचित भएका थिए । नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचनमा भेदे बुढा मगर,क्षेत्रीय निर्वाचनमा दशरथ खड्का , सचिवमा प्रकाश न्यौपाने ,जिल्ला अधिवेशन बाट सचिवमा खेमराज ओली र नारायण रेग्मी नेतृत्वमा पुगेका छन ।

त्यस्तै नेकपा(एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन बाट पार्टीको विभिन्न जिम्मेवारीमा युवाहरूले वर्चस्व कायम गरेका छन् । नेकपा (एमाले)को एक सय पाँच सदस्य जिल्ला कमिटीमा अधिकांश युवाहरूको नयाँ अनुहार आएका छन् । नेकपा एमालेको उपमहासचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल निर्वाचित भएका छन । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिकाको उपाध्यक्षमा झिनो मतले परिजित न्यौपाने उपसचिवमा निर्वाचित भएकी हुन । उपसचिवमा प्रतिस्पर्धा गर्नुभएका युवा नेताहरू चन्द्रप्रसाद दाहाल,जनक प्रसाद न्यौपाने, विष्णु कुमार शाही र लक्ष्मी कार्की भने पराजित भएका छन ।

त्यस्तै खुल्ला तर्फ १६ जना जिल्ला कमिटी सदस्यमा युवाहरू अमरबहादुर शाही, ई .कपिल खनाल,कर्णबहादुर शाही, चन्द्र प्रसाद पोखरेल, सिपी शर्मा,जितेन्द्र थापा, नवीन योगी, ,लक्ष्मीप्रसाद रेग्मी, शेरबहादुर रावत, र हुकुमबहादुर शाही निर्वाचित भएका छन । त्यस्तै खुल्ला महिला तर्फ विमला थापा,रेखा थापा, सिताकुमारी शाही निर्वाचित भएका छन ।

दलित तर्फ धनबहादुर सुनार, पर्वसिंह विश्वकर्मा , प्रेम बिक,डम्बरबहादुर तिरुवा, पदमबहादुर बिक, भूगोल तर्फ बाट छिताराम बिक,,दीपेन्द्रराज खनाल कल्पना थापा,राधिका शाही, जनकबहादुर शाही, दिपबहादुर शाही अंगतबहादुर शाही,झक्क प्रसाद शर्मा, वीरबहादुर रावत, ,नन्दा आचार्य, छविराम आचार्य,यमनारायण उपाध्याय,हरिबहादुर थापा,सुरतबहादुर रावत,हेमा खड्का यामप्रसाद शर्मा, राजु केसी,शान्ति प्रसाद शर्मा निर्वाचन भएसँगै जिल्ला कमिटीमा युवाको वर्चस्व पुगेको छ ।

नेपाली काँग्रेसका नगर सभापति युवा नेता मनोज कुमार थापाले युवाहरूको राजनीतिमा जिम्मेवारी पाए सँगै अन्य निर्वाचनमा समेत युवाहरूको वर्चस्व हुने बताए । उनले भने पार्टीले विश्वास गरेर टिकट दिएमा स्थानीय सरकारको नेतृत्व गरी देखाउने बताए ।
नेकपा (एमाले) दैलेखका जिल्ला कमिटी सदस्य चन्द्रप्रसाद शर्मा(सिपीले) पार्टीले आउने निर्वाचनमा अधिकांश युवाहरूलाई उम्मेदवारी बनाउनु पर्ने बताए । उनले युुवाहरु पार्टीलाई आवश्यक परेको खण्डमा आन्दोलनका लागि मात्र होइन अव विश्वास गरेर काम गर्न दिएको खण्डमा हामी काम देखाउँछौ । नेकपा(एमाले) दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले युवाहरूलाई पार्टीमा खेलेको महत्त्वपूर्ण भूमिकालाई हेरेर युवाहरूको व्यवस्थापन गरिने बताए । उनले स्थानीय तहमा युवा प्रति नागरिकको बुझाई,उसको काम गर्ने शैली, लोकप्रिय ,नेतृत्व गर्ने क्षमता लगायत विषयमा अध्ययन गरेर स्थानीय तहमा उम्मेद्धार बनाइने बताए ।