Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

गुराँस संरक्षण अभियान अलपत्र

दैलेख  :  दैलेखको गुराँस गाउँपालिकामा फुल्ने गुराँस फूल संरक्षणका लागि सञ्चालन गरिएको गुराँस संरक्षण अभियान अलपत्र परेको छ । गाउँपालिकाले चासो नदिएका कारण अभियान अलपत्र परेको हो । गुराँसको संरक्षण गर्नका लागि गुराँस गाउँपालिका र कर्णाली प्रदेश उद्योग बन तथा वातावरण मन्त्रालयले दुई वर्ष अघि तीन दिने महोत्सव आयोजना ग¥यो ।

उद्योग बन तथा वातावरण मन्त्रालयले १५ लाख र गुराँस गाउँपालिकाले पाँच लाख खर्च सहयोगमा सेती बराह मिडिया प्रमोसन प्रालिले उक्त महोत्सवको आयोजना ग¥यो । गाउँपालिकाले गाउँपालिकाका विभिन्न भूभागमा गुराँस संरक्षण र गुराँस भाँचेमा कानुनी सजाय तोकेका बोर्ड राख्यो । तर ती बोर्ड अहिले कुनै स्थानमा पनि भेटिदिन्न । दैलेखको गुराँसेमा ५ किसिमका गुराँस फुल्ने गर्दछ । तर, पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरूले जथाभाबी टिप्ने गरेकाले गुराँस लोप हुने अवस्थामा पुगेको बेला गुराँस संरक्षणका लागि थालिएको अभियान भने अलपत्र परेको छ ।

गुराँस गाउँपालिकाका अध्यक्ष खेम राज ओलीले गुराँस संरक्षणका लागि महोत्सव आयोजना गरिएको बताउँदै स्थानीय नागरिकमा जनचेतना जगाउने काम गरिएको बताए । उनले महोत्सवले गुराँस संरक्षणमा महत्त्वपूर्ण टेवा पु¥याएको भए पनि पछिल्लो समय त्यसले सार्थकता पाउन नसकेको स्वीकार गरे । उनले भने अभियान अलपत्र परेको होइन अहिले पनि हामीले संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरेर संरक्षण अभियान सञ्चालन गर्छौ ।

माघदेखि फागुनको अन्तिमसम्म गुराँस हेर्न हजारौँ उत्तरी क्षेत्रका गोठीकाँडा, रातानाङ्ला, गुँरासे लगायतका ठाउँमा पुग्छन् । गुराँस हेर्न जाने मात्रै होइन स्थानीयहरूले पनि जथाभाबी टिप्दा समय अगावै गुराँस रित्तिने भएकाले थालिएको अभियान सँगै अहिले गुराँस टिप्ने र भाँच्ने काम भइरहेको स्थानीय नागरिकहरूले बताएका छन् ।

 

गुराँस गाउँपालिका –५ का मीनराज जैसीले स्थानीय सरकारले आवश्यक चासो नदिएका कारण यो वर्ष समय अगावै गुराँस रित्तिने बताए । उनले दैलेख सुर्खेत आवत जावत गर्ने नागरिक र सामाजिक सञ्जाल टिकटक बनाउन आउने पर्यटकले जथाभाबी गुराँस फुल टिप्ने गरेको बताए । उनले भने गुराँस फुल्ने विभिन्न स्थानहरूमा गुराँस टिप्नेलाई कानुनी कारबाही हुने हेडिङ बोर्ड राखे पनि अहिले कुनै बोर्ड छैन । बोर्ड नभएपछि नागरिक धमाधम गुराँस टिप्छन् र घर फर्कन्छन ।