Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं  : सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन बहालवाल जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले निर्वाचन आयोगलाई आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राख्नुको कारणसहित लिखित जवाफ पेश गर्न भनेको छ । आयोगले निर्वाचन आचारसंहितामा उम्मेदवार हुने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था ल्याएको भन्दै रिट परेको थियो ।

निर्वाचन आयोगले गत चैत ३ गते निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनप्रतिनिधिले पदमा बहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले रिट निवेदक र विपक्षी दुबै पक्षलाई चैत १३ गते छलफलका लागि बोलाएको छ ।