Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

थप ३५ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर छ हजार ५९४ जनाको परीक्षण गर्दा कुल ४४ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर २६ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।