Loading... आजः आइतवार, साउन ३१, २०८३
Trending

शिक्षक संगठनको अध्यक्षमा पुष्पा कुमारी थापा निर्वाचित

दैलेख :  नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा पुष्पा कुमारी थापा निर्वाचित भएकी छिन । नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ जिल्ला अधिबेशन बाट पुष्पा कमारी थापाको नेतृत्वमा ३३ सदस्यीय जिल्ला कार्य समिति सर्बसम्मत चयन गरिएको हो । नव निर्वाचित समितिको महिला उपाध्यक्षमा मञ्जु खड्का,खुल्ला उपाध्यक्षमा कृष्ण भण्डारी, सचिवमा दुर्गा प्रसाद पोखरेल,कोषध्यक्षमा प्रेम दहाल,सह कोषाध्यक्षमा सरीता शाही,सह सचिवमा सरिता गुरुङ निर्वाचित भएका छन । त्यस्तै सदस्यमा ११ स्थानीय तहका ११ जना,खुल्ला ७ जना र पदाधिकारी सहित जिल्ला सदस्यमा सर्बसम्मत चयन गरिएको शिक्षक संगठनका निर्बतमान अध्यक्ष जीवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यस्तै सदस्यमा मणिराम तिमिल्सेना,धर्मराज न्यौपाने,प्रयागराज शाही,शेर बहादुर राना,लिलाराम न्यौपाने,मान बहादुर थापा,गोबिन्दप्रसाद शर्मा, कनक बहादुर शाही,हरिप्रसाद अधिकारी,उदय दहाल,तिलक न्यौपाने,भुवन बहादुर शाही,लक्ष्मी प्रसाद खनाल,गोपाल बस्नेत,देबिराम बडुवाल,मन बहादुर बुढा,बखत बुढा,लवराज थापा,भवदा अधिकारी,द्धारीका न्यौपाने,बिमला सिह शाही,जयन्ती थापा,कमल आर्चाय,गौरी सुनार निर्वाचित भएका छन ।
नव निर्वाचित अध्यक्ष पुष्पा थापाले संगठनले पहिलो पटक महिला शिक्षिकालाई अध्यक्षमा निर्वाचित गरेको भन्दै संगठनका सबै नेता तथा प्रतिनिधिलाई धन्यबाद दिइन । उनले शिक्षक संगठनलाई अझै बलियो र ब्यवस्थित बनाउँन आफु लाग्ने बताइन