अख्तियारमा उजुरी पर्नेमा सुर्खेत पहिलो दैलेख दोस्रो
दैलेख : कर्णाली प्रदेशका १० जिल्ला मध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नेमा सर्खेत पहिलो र दैलेख दोस्रो स्थानमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष पेश गरेको आयोगको वार्षिक प्रतिवेदनमा कर्णालीका १० जिल्ला मध्ये सुर्खेत पहिलो र दैलेख दोस्रो स्थानमा परेको हो ।
आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषराज रिजालले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ अनुसार २८७ पृष्ठको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको प्रतिबेदनमा दैलेखमा दुई सय १४ उजुरी परेको उल्लेख गरिएको छ । दुई सय १४ उजुरी मध्ये ९९ वटा उजुरी पछ्र्यौट भएको एक सय १५ उजुरी पछ्र्यौट गर्न बाँकी रहेको जनाइएको छ ।
आयोगको प्रतिबेदनमा उल्लेख गरे अनुसार गत आर्थिक वर्षमा कर्णालीका दश जिल्ला बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा चिठीपत्र, ईमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट एक हजार २२० उजुरी परेकामा ५७३ फछ्र्यौट भएको र बाँकी ६४७ उजुरी चालु आव २०७८÷७९ मा सरिआएको आयोगले जनाएको छ । सुर्खेतमा २६४,दैलेखमा २१४,कालिकोटमा १३८,जाजरकोटमा ११७,हुम्ला १०८,मुगु ९६,जुम्ला ९४,सल्यान ८१,रुकुम पश्चिम ५८ डोल्पामा४९,रुकुम पुर्बमा १ उजुरी परेको
आयोगका अनुसार सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन ्। प्रतिवेदनमा उच्च पदस्थ कर्मचारीले सदाचारिता अपनाउनुपर्ने, सार्वजनिक खरिद प्रणालीमा सुधार आउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने कार्यलाई व्यवस्थित गरिनुपर्ने, परामर्शदातालाई जिम्मेवार बनाउनुपर्ने लगायतका सुझाव दिइएको छ ।