Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

३३९ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु


काठमाडौं  :  पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५०५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ६४४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको जनाएको छ ।