कर्णालीमा विप्लवका २० जना कार्यकर्ता पक्राउ
सुर्खेत : नेपाल बन्दको क्रममा बन्द गराउँदै हिडेका २० जना नेकपा विप्लव नेतृत्वका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कर्णालीका सुर्खेत र रुकुमपश्चिमबाट विप्लवका कार्यकता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुर्खेतमा सात जना र रुकुमपश्चिममा १३ जना छन् । यीमध्य दुई जना महिला छन् । रुकुमपश्चिममा पक्राउ परेका १३ जनालाई प्रहरीले सम्झाएर छाडेको जनाएको छ ।
तर सुर्खेतमा पक्राउ परेकाहरुलाई भने प्रहरीले छोडेको छैन् । कर्णालीका १० जिल्ला मध्य मुगु बाहेक अन्य ९ जिल्लामा बन्दको प्रभाव परेको प्रहरीले जनाएको छ । मुगु सदरमुकाम गमगढीमा गएराती आगलागी भएपछि बन्द फिर्ता लिएको प्रदेश प्रहरीले जनाएको छ ।