Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त चन्द्रबहादुर शाही

सुर्खेत  :  कर्णाली प्रदेशमा दुई सातापछि मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई सातापछि एक जना मन्त्री थपिएका हुन् ।
मुख्यमन्त्री शाहीको सिफारिसमा नेकपा (एकीकृत सामाजवादी) का चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।

एकीकृत सामाजवदीको संसदीय दलका नेतासमेत रहेका शाही मुगु प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नवनियुक्त मन्त्री शाहीले मंगलबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।

माओवादी केन्द्रले गठबन्धनमा आफ्नो दल ठूलो भएकाले बढी मन्त्री पाउनुपर्ने अडान राख्दै आएको छ । समाजवादी पार्टीले पनि तीनवटा मन्त्रालय दाबी गरेको छ । काँग्रेसले पनि मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री आठ वटा मन्त्रालय छन् ।