जनमोर्चा प्रदेश अध्यक्ष सहित दैलेख कार्यसमीत एमालेमा समाहित
दैलेख : राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश किमिटिका अध्यक्ष सहित दैलेखको बहुमत कार्य समिति सहित एमालेमा प्रवेश गरेको छ ।
जनमोर्चा जिल्ला कार्य समिति दैलेखको बहुमत कार्य समितिकोे टिम र कर्णाली प्रदेशका अध्यक्षय सहित अन्य चार जना सदस्यले एमालेमा प्रवेश गरेका एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चा दैलेखका नेता कविराज खत्रीका अनुसार जनमोर्चा जिल्ला समिति दैलेखको सर्वसम्मत निर्णय अनुसार एमालेसँग पार्टी एकता गर्ने निर्णय भएको र सोही अनुसार जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाही, प्रदेश कमिटीका चार जना सदस्य सहित एमालेमा प्रवेश गरिएको बताए ।
एकता कार्यक्रम नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठान काठमाडौँमा घोषणा भएको कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका नेता भरतबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय जनर्मोचाका सचिव रहेका नेता सुरत बहादुर रावतले समेत आफुहरु एमालेमा समाहित भएको भन्दै बिज्ञप्ती प्रकाशन गरेका छन । उनले एमालेमै भविष्य भएका कारण सबै कार्यकर्ता तथा नेताहरुलाई एमालेमा जोडिन आग्रह गरेका छन ।
नेकपा एमालेका नेता एवम नगर प्रमुख रत्न बहादुर खड्काले राष्ट्रिय जनमोर्माको जिल्ला कमिटि र प्रदेश कमिटि नै एमालेमा प्रबेशले नेकपा एमाले दैलेखमा थप मजबुद भएको बताए । उनले बिशालपार्टीमा कोही छोड्ने हुन्छ भने कोही जोडिदै जाने हुन्छ ।