Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

दैलेखमा बढे मौसमि फ्लुका बिरामी,सर्तकर्ता अपनाउँन आग्रह

दैलेख  :  दैलेखमा मौसमी फ्लुका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन । जिल्लाका ११ स्थानीय तहमा मौसमी फ्लु देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त व्यबस्थापक थीर प्रसाद रेग्मीले जिल्लामा मौसमी फ्लुका बिरामीको संख्या बढ्दै गएको बताए ।

उनले रुघा खोकी, ज्वरो भएका बिरामीहरु जिल्ला स्वास्थ्य सेवा कार्यालयमा भर्ना भए संगै मौसमी फ्लुका बिरामी जिल्लाभर रहेको पाइएको बताए । उनले भने स्वास्थ्य सेवा कार्यालयमा इमरजेन्सीमा दैनिक ३० देखी ४० जना बिरामी आएका छन ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर जीवन ज्ञावलीले सबै नागरिकलाई मौसमी फ्लु देखिएपनि त्यसको बढि प्रभाव बालबालिमा परेको बताए ।उनले दैनिक अस्पताल स्वास्थ्य परीक्षण गर्ने आउँने बिरामीको संख्याका कारण अस्पतालमा राख्न नसकिने अवस्था आउने चिन्ता ब्यक्त गरे । डाक्टर ज्ञावलीले बालबालिकामा रुघा,खोकी ज्वारो परीक्षण गर्दा समेत कोरोना नदेखिएपछि मौसमी फ्लु भएको बताए ।

उनले बालबालिकालाई रुघा खोकी ज्वरो, देखिएका कारण गाउँमै औषधी पसल बाट औषधी सेवन गराएका कारण बालबालिमामा निमोनिया भएको बताउँदै स्थानीय मेडिकल बाट जथाभावी औषधी प्रयोग नगर्न सुझाव समेत दिए ।

निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले भाइरल प्रकोप जिल्लामा बढ्दै गएकाले अभिभावकहरुले सुरक्षा सतर्कता अपनाउँन आग्रह गरेका छन । उनले एक बालबालीका वा मानिसलाई रुघा खोकी ज्वरो देखिएको खण्डमा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे ।