Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हाम्रो प्रमुख दायित्व : नगर प्रमुख खड्का

दैलेख  :  नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन आफ्नो प्रमुख दायित्व भएको बताएका छन् । नारायण नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यका लागि सक्षम प्रणालीको सहयोगमा नारायण नगरपालिका स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक प्रगति समीक्षा कार्यक्रमको समापनमा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

उनले नगरपालिकाले गर्भावस्था देदी बालबालिकालाई कुपोषण हुन नदिन र आमा र बच्चाको स्वास्थ्य ख्याल गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । उनले हामीले असल आमा ,गर्भवती महिला सँग उपमेयर कार्यक्रम,पोषण कोश ली जस्ता कार्यक्रम सञ्चालन गरेका छौ यो गर्नु भएको हाम्रो नागरिकको स्वास्थ्य राम्रो होस भन्ने उद्देश्यले नै गरिएको बताए ।
कोरोना महामारीको हटस्पट बनेको नारायण नगरपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमणको दर घटेको भन्दै नगर प्रमुख खड्काले महामारी नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिए ।

उनले भने अघिल्लो वर्ष हामीले कर्णाली प्रदेशमा रहेका स्थानीय तह मध्ये हामी देसा्रे भयौ त्यो स्वास्थ्यकर्मीहरूकै कारणले भएको बताउँदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए । नगरलेको नीति तथा बजेटमा समेत स्वास्थ्य प्राथमिकताका साथ राखेको बताउँदै अझै यसलाई व्यवस्थित बनाउन थप पहल गर्ने बताए ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेसम बहादुर बुढाले कर्मचारी र जनप्रतिनिधिको समन्वयले मात्र नगरको हरेक विकास गर्न सकिने बताए । उनले जनप्रतिनिधिले आवश्यक परेको खण्डमा कर्मचारीलाई सहयोग गर्ने र कर्मचारीले जनप्रतिनिधिले भने अनुसार काम गर्ने हो हामीले लिएका नीति तथा कार्यक्रम प्रभावकारी हुने बताए । अन्य क्षेत्रको तुलनामा स्वास्थ्यका क्षेत्रमा धेरै उल्लेख्य काम गरेको बताउँदै त्यसमा निरन्तर खटिने स्वास्थ्य शाखा संयोजक नगेन्द्र बहादुर हमाल र लाल बहादुर खड्कालाई धन्यवाद दिए ।
नारयण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र बहादुर हमालले जनताका सेवकका रूपमा रहेको हामी स्वास्थ्यकर्मीले जनतालाई जति सक्यो बढी सेवा दिनु पर्ने बताए । उनले अघिल्लो वर्षमा स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटको ९६ प्रतिशत बजेट खर्च भएको बताए ।

उनले नेपाल सरकारले तोकेका सबै स्वास्थ्य सूचक मध्ये परिवार नियोजन र रोग नियन्त्रण बाहेक सबैमा उत्कृष्टता हासिल गरेको बताए । अहिले पनि स्वास्थ्यकर्मीलाई तालीमको अभाव भएको, बर्थिङ सेन्टरमा अनमी खटाउन सकेको छैनौ तर पनि हाम्रो निरन्तरको प्रयासले राम्रो र गुणस्तरीय सेवा दिएको संयोजक हमालले बताए ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले स्वास्थ्यकर्मीहरु अथक प्रयासका कारण धेरै सूचकहरू पुरा भएको भन्दै अझै त्यसलाई राम्रो बनाउन सबै लाग्नुपर्ने बताए । उनले भने स्वास्थ्य व्यबस्थापन समिति,वडामा पदाधिकारी र स्वास्थ्यकर्मी लागेको खण्डमा सबै समस्याको समाधान गर्न सकिने भन्दै त्यसलाई निरन्तरता र अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

वार्षिक प्रगति समीक्षा गोष्ठीमा १५ वटा स्वास्थ्य संस्था , नेपाल रेडक्रस आँखा उपचार केन्द्र,स्वास्थ्यका लागि सक्षम प्रणाली,सिएमसी नेपाल,परिवार नियोजन सङ्घ लगायतले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विगतमा देखिएका कमीकमजोरीलाई समाधान गर्दै आगामी दिनमा सुधार गर्न वार्षिक कार्य योजना समेत निर्माण गरिएको छ ।