Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

आमा छोरा संगै कक्षा १२ परीक्षा दिदै

फाइल फोटा

दैलेख  :  बुधबार देखी संचालन भएको कक्षा १२को परीक्षामा दैलेखको एक परीक्षा केन्द्रमा आमा छोरा संगै परीक्षा दिन लागेको पाइएको छ । जिल्लाको नारायण नगरपालिका ११ रहेको रैनादेबी मावि टाटामाखुको परीक्षा केन्द्रमा आमा टिका कुमारी भण्डारी र छोरा दिनेश भण्डारील परिक्षा दिएका हुन ।
बडाभैरव आधारभुत विद्यालयमा गाभिएको शिव बाल विकास केन्द्रमा अध्यापन गराईरहेकी उनलाई गाउँमै कक्षा १२ सम्म अध्ययन गर्ने पाइने भएपछि छोरो संगै कक्षा मा भर्ना गरेकी थिइन ।
रैनादेबी मावि टाटामाखुका शिक्षक प्रेम बहादुर बिष्टले बिगत लामो समय देखी शिव बाल विकास केन्द्रमा अध्यापन गराईरहेको पारिवारिक कारणले पढन नपाएका उहाँलाई गाउँमै पढाई हुने भएपनि पढ्न थालेको बताउनुभयो ।

कोरोना महामारीका कारण गत बैशाखमा हुनु पर्ने परीक्षा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले परीक्षा बुधवार बाट संचालन भएको छ ।