Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

१५ दिनको पारिश्रमिक कोरोना कोषमा सहयोग गर्ने

सुर्खेत :  नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिन (आधा महिना) को पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक सीताकुमारी नेपालीले कोरोनाभाइरस कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउनका लागि यो निर्णय गरिएको जानकारी दिइन् ।

साथै दलमा आवद्ध सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारमा निकाय, स्थानीय तह, अन्य राजनैतिक दल लगायतसँग समन्वय गरी कोरोना प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवंम अनुगमन गर्ने दलले निर्णय गरेको छ।