Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं :  शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । ३,२७९ जनाको मृत्यु भएको छ ।