Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

आफै जोखिममा छ आइसोलेसन अस्पताल

??????

दैलेख : कोरोना संङ्क्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन अस्पताल आगलागिको उच्च जोखिममा रहेको छ । नारायण नगरपालिका –८ मा निर्माण गरिएको आइसोलेसन अस्पताल जंगलका बिचमा भएका कारण आगलागी हुन सक्ने ठुलो जोखिममा रहेको पाइएको हो ।
कोरोना संङ्क्रमितको उपचारको अवस्था बुझन गएको पत्रकारको टोलीले आइसोलेसन अस्पताललाई आगलागि हुन बाट बचाउनका लागि स्वास्थ्य सेवा कार्यालयलाई अनुरोध समेत गरेको छ । पत्रकार हिक्मत नेपाली कमल शर्मा लगायतको टोलीले आइसोलेसन अस्पताल सल्लाका रुखको बिचमा रहेको र त्यहा सल्ली कुसूमा आगो लगाएको खण्डमा आइसोलेसन अस्पताल समेत आगलागी हुने खतरा रहेकाले त्यसका लागि पुर्ब तयारी रहन स्वास्थ्य सेवा कार्यालयलाई अनुरोध गरेका थिए ।
लामो समय पछि पानी परेको भए पनि त्यहा सल्लीकूसुम दुई दिनमै सुक्ने र कसैले आगो लगाएको खण्डमा अस्पतालनै जल्ने खतरा रहेको बताउदै त्यसका सम्बन्धित निकायको ध्याकर्षण गरिएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख थीर प्रसाद रेग्मीले आइसोलेसन अस्पताल स्वास्थ्य सेवा कार्यालयको हाता भित्र नबन्दा समस्या भएको बताए उनले दैलेख कोरोना संङ्क्रमणको हटस्पट बनेपछि हतार हतामा प्रिफ्याब प्रविधिकोे घर निर्माण गरिएको जंगलका बिचमा भएका कारण पनि जोखिममा परेको बताए ।

उनले भने हामी संङक्रमितलाई कहा राखेर उपचार गरौ भन्ने समस्या बेला आइसोलेसन अस्पताल निर्माण भएर बिरामीको उपचार गर्न सजिलो भएपनि हिउदको समयमा आगलागी बाट बचाउन भने चुनौती नै रहेको बताउनुभयो । उहाँले आइसोलेसन अस्पताल एक ठाउँमा छ स्वास्थ्य सेवा कार्यालय एक ठाउँमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीको समेत व्यवस्था मिलाउन समस्या भएको बताए ।

कोरोना संङक्रमित भएका ब्यक्तिलाई त्यहा रहेको कुसूम हटाउनु भन्ने हो भने उहाँहरु बिरामी हुनुहुन्छ बाहीरको मानिस गएर सरसफाई गर्न समेत कठिनाई भएको छ यसको एउटै उपाय भनेको त्यहा आगलागी गर्नुहुन्न भन्ने सन्देश प्रवाह गर्नु बाहेक अरु उपाय नरहेको बताए ।

आइसोलेसनमा बसेका कोरोना संङक्रमितले समेत राती सुतेको बेला कसैले आगो बनमा लगाएर आइसोलेसन अस्पतालमा आएको खण्डमा मान्छे मर्ने समेत खतरा रहेको बताएका छन । कोरोना संङ्क्रमण त्रिब रुपमा बढेको बेला कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाको निर्वाचन क्षेत्र पुर्वधार विकास कोष मार्फत ७१ लाख रुपिँया खर्च गरेर निर्माण गरिएको थियो । आइसोलेसन अस्पताल निर्माण गरेका निर्माण कम्पनीका प्रबन्धक प्रकाश बुढाले त्यति सजलै प्रिफ्याब प्रविधिको घरमा आगो नसर्ने बताए ।