Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

ज्ञान, बुद्धि विवेक र संघर्षका सागर बुद्धिसागर

विष्णुप्रसाद पौडेल । न्युयोर्क

जति बेला नेपालमा मोटरबाटो कमै थिए । २०२२ सालमै स्याङ्जामा मोटरबाटो बनेको थियो । भारतीय सीमानाका सुनौलीलाई पोखरासम्म जोड्ने सिद्धार्थ हाइवेले स्याङ्जालाई माझबाट २ चिरा बनायो । त्यो बाटो भएर धेरैजना ओहोरदोहोर गरे । धेरैथोक ओहोरदोहोर भए । तर, स्याङ्जालीहरुको दुख जहाँको तहीं नै थियो । स्याङ्जा टक्सारको सुवेदी परिवारले तिनै दुखहरुबाट पार पाउन चितवनमा बसाइ सर्‍यो ।

बालक बुद्धिसागरले गाउँकै रमाइलो डाँडा प्राविमा सावाँ अक्षर छिचोलेका थिए । आमाबाबुले पहाडका गरागुरी खोस्रेरमात्रै भएन भनेपछि सपनाको भारी बोकेर चितवनको माडीमा बसाइ सारेका थिए । बुद्धिसागरले पनि उतै पढ्न थाले । पारिवारिक संघर्ष छँदै थियो, बुद्धिलाई भने पढाइको संघर्ष । जसमा उनी पछि परेनन् । सधैं फस्ट सेकेन्ड भइरहे । निमावि र मावि माडी मावि वसन्तपुरमा पढे । सधैं फस्ट सेकेन्ड भइरहे । एसएलसी ४ जनाले फस्ट डिभिजनमा पास गर्दा २०४४ सालमा उनी पनि एक थिए ।

पढाइमा अब्बल छोरालाई बाबुले फरेस्ट्री पढाउन चाहे । बुद्धिसागरलाई भने रामपुर क्याम्पस चितवनमा कृषि पढ्ने इच्छा थियो । बुवाले फरेस्टी पढ्दिए हुन्थ्यो भन्नेपछि भएर पोखरा गएर पढे । तर, त्यसमा करियर बनाएनन् । वनको कुरा पढे पनि पछि बाटो मोडियो, स्कुलको शिक्षक भए । पछि क्याम्पसको प्राध्यापक भए । अहिले भने अमेरिकामा जमेका व्यवसायी भएका छन् । त्यसैले भनिएको होला, जिन्दगीको गोरेटा सिधा हुँदैन, बांगोटिंगो हुन्छ, उकालो र ओरालो हुन्छ । बुद्धिसागरका जीवनमा त्यस्तै भएको छ । ओरालो भने उनले हिँड्नु परेन भन्न सकिन्छ ।

अमेरिकामा जमेका व्यवसायी हुन् तर अहिले उनको अझै धेरै ठूलो परिचय एनआरएन अमेरिकासँग जोडिएको छ । जसको उनी उपाध्यक्ष छन् र अबको अध्यक्षको प्रतिस्प्र्धामा खरो उत्रिइसके पनि । एकातिर व्यवसाय अनि अर्काेतिर समाजसेवा, बुद्धिसागरको जीवनका दुईपाटा हुन् ।
सामाजिक भावना बुद्धिसँग अमेरिका आएपछि मात्रै पलाएको होइन, राजनीतिक चेत छँदै थियो, र अनुभव पनि । आखिर राजनीतिको मूल उद्देश्य भनेको सेवा नै त हो । राजनीतिमा लागेर उनले चुनाव लडेको अनुभव लिए । आन्दोलनमा पनि होमिए र अनि केही दिन प्रहरीको थुनामा पनि ।

error: Content is protected !!