Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

वार्षिक परीक्षा बैशाख १६ गते बाट संचालन निर्णय

दैलेख :  जिल्लाको नारायण नगरपालिकामा रहेका सामुदायिक र सस्थागत विद्यालयको वार्षिक परीक्षा बैशाख १६ गते देखी लिने निर्णय भएको छ । नारायण नगर शिक्षा समितिको बसेको बैठकले नगरभित्रका सम्पुर्ण विद्यालयहरुको १६ गते बाट सबै कक्षाको परीक्षा लिने निर्णय गरेको हो । नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालयजंग शाहाले कोभिड १९ को बढ्दो प्रभावले उत्पन्न हुनसक्ने असहज परिस्थितिलाई मध्यनजर गरि सबै परीक्षा संचालन गर्ने निर्णय भएको बताए । उनले अन्य सबै कक्षाको १० बजे देखी र कक्षा आठको जिल्ला स्तरीय परीक्षा भने दिउसो १ बजे बाट लिने निर्णय भएको जानकारी दिए ।

नारायण नगरपालिकाका केही विद्यालयका विद्यार्थीमा कोरोना संङ्क्रमण समेत देखिएको थियो । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शाहाले बैशाख १२ गते सम्म विद्यालय संचालन गर्ने र तीन दिन विद्यार्थीलाई अध्ययन विदा लिएर परीक्षा लिने ब्यबस्था गरिएको बताए । जिल्लाको महावु गाउँपालिकाले भने कोरोना संङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बैशाख ८ गते देखी २० गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ भने अन्य स्थानीय तहले भने अहिले सम्म कुनै निर्णय गरेका छैनन । वार्षिक परीक्षा संचालन गर्दा विद्यार्थीलाई अनिवार्य रुपमा मास्कको प्रयोग,सामाजिक दुरी कायम, सेनिटाइजरको समेत व्यवस्था गर्न विद्यालयलाई समेत निर्देशन दिइसकको बताइएको छ ।
जिल्लाको भगवतिमाई गाउँपाकिाको प्रधानध्यापकको बैठकले बैशाख १५ गते बाट वार्षिक परीक्षा लिने निर्णय गरेको छ । भगवतिमाई गाउँपालिका –१ ज्वाला माध्यामिक विद्यालयका प्रधानध्यापक देबेन्द्र अधिकारीले वार्षिक परीक्षा गर्ने निर्णय गरेको सामाजिक संजाल फेसबुक मार्फतजानकारी दिए । कोरोना संङक्रमणको जोखिम देखाएर बालबालिकाको भविष्य अन्यौल राख्न नहुने सबै प्रधानध्यापकको अवाज आएपछि १५ गते देखी वार्षिक परीक्षा लिने निर्णय भएको बताए ।