Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक


काठमाडौँ  :  बदलिँदो राजनीतिक परिस्थितिबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी छन्।

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक आयोजना गरेकी हुन्। भण्डारीले शीतलनिवासमा सबै दलहरुका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि डाकेकी हुन्।

सर्वोच्च अदालतले नेकपाको एकता पूर्ववत अवस्थामै फर्काइदिएपछि एमाले र माओवादी बेग्लाबेग्लै पार्टी बनेकी छन्। आगामी राजनीतिक परिस्थिति र संकटको निकासबारे छलफल गर्न राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएको बुझिएको छ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले राष्ट्रपति कार्यालयमा सर्वदलीय छलफलका लागि निम्ता आएको जानकारी दिए ।