Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

चैतको दोस्रो साता चिनियाँ प्राविधिक टोली आउँदै

कमल शर्मा
दैलेख   : दैलेखको श्रीस्थान नाभिस्थानमा रहेको पेट्रोलियम पद्धार्थको अन्वेषण पश्चात् व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनियाँ प्राविधि चैत १९ ९अप्रिल १०मा टोली नेपाल आउने भएको छ । अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि त्यसको वास्तविक अध्ययनपश्चात् पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम गर्न दोस्रो चरणमा चिनियाँ प्राविधिकको टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

खानी तथा भूगर्भ विभागका भूर्गभविद डा। गणेशनाथ त्रिपाठीले चैत्र १९ गते चिनियाँ टोली नेपाल आउने निश्चित भएको बताए । उनले चिनियाँ टोलीले पहिलैदेखि प्रस्ताव गरेको भएपछि १९ गते नेपाल आउने कुरा निश्चित भएको बताए ।पहिलो चरणमा आएको प्राविधिक टोलीले जिल्लाको मुख्यतया दुल्लु नगरपालिका ,भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित रचामुण्डाबिन्द्रासैनी नगरपालिका,डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकालाई केही भूभाग समेटेर दश वटा सिस्मिक लाइनहरूमा जम्मा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरेको थियो ।

टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको प्रमुख काम कस्मिक सर्भे कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनिको धेरै गहिराई सम्म पठाएर सतहमुनिका ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराई बाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने र प्रशोधन बाट तयार भएका तरङ्गहरुहरुको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने काम सम्पन्न गरे पश्चात् दोस्रो चरणको अन्वेषणका लागि चिनिया प्राविधिक टोली आउन लागेको बताइएको छ ।

पहिलो चरणको काम सम्पन्न भएको तीन महिनाभित्र अध्ययन गर्ने त्यस पश्चात् मुख्य ड्रिलिङका लागि तयारीका लागि चिनिया टोली आउने खानी तथा भू–गर्भ विभागका भूर्गभविद् डा त्रिपाठीले बताए । उनले आउने टोलीले ड्रिलिङका लागि आवश्यक पर्ने औजार उपकरण उत्खनन क्षेत्रमा पु¥याउन कसरी लैजाने भन्ने विषयमा अध्ययन गर्ने र त्यसपछि मात्र आवश्यक उपकरण लैजाने तयारी गर्ने बताए । उनले टोली आउने भने पनि कति जनाको सङ्ख्यामा आउँछ त्यसको अझै टुंगो नलागेको बताए ।

२०७२ को चैतमा नेपाल र चीनबिच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुई वटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबिच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

यो समझदारीलाई कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त रूपमा कार्य योजना बनाएका छन् । पहिलो चरण १० महिनामा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । २०७६ कात्तिकमा तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए । अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोर्नेछ ।