Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

अवलपराजुमा खानेपालीको हाहाकार


दैलेख  :  डुगेश्वर गाउँपालिकाको केन्द्र रहेको अवलपराजुमा खानेपानीको हाहाकार भएको छ । लामो समयदेखि वर्षा नहुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका सगै खानेपानीको हाहाकार हुन थालेको हो । गाउँमा रहेका खानेपानीका पुराना मुहान लगायत कुवा, नौलासमेत सुक्न थालेपछि घण्टौं पैदल हिँडेर खानेपानी बोक्नुपरेको अवलपराजुका स्थानीयले बताएका छन । अवलपराजुल क्षेत्रका झण्डै दुई सय घरपरिवारको खानेपानीका लागि एक धारा बरावर २० देखी २५ वटा घरधुरीले भाग लागेपछि त्यही धारमा समेत प्रयाप्त मात्रामा खानेपानी नआएपछि पानीलिन तीन देखी चार घण्टा लाइन लाग्नु परेको स्थानीयले बताएका छन ।

डुगेश्वर गाउँपालिका –५ का हिमाल विकले एक घर धाराले २० घरधुरीलाई पानी बाडेर खाने गरेको बताए । उनले एक गाग्री खानेपानी भर्नका लागि महुानमा एक घण्टा कुर्न पर्ने बाध्यता रहेको बताए । उनले गाउँपालिकाको केन्द्र रहेको र बजार समेत रहेको क्षेत्रमा खानेपानीको समस्या हुँदा ब्यापार व्यवसाय गर्ने व्यवसायीलाई समेत बस्न समस्या भएको बताए । उनले भने गाउँपालिकाको केन्द्र यहि छ स्थानीय सरकारका प्रमुखहरुले स्थानीयले दैनिक खानेपानीको समस्या देखेपनि नदेझै गरेर हिडन्े गर्नुहुन्छ ।

डुगेश्वर गाउँपालिका –५ की धन सरा बिकले खोनीपानीको समस्याले सबै भन्दा बढि महिलाहरु समस्यामा पर्ने गरेको बताइन । उनले खानेपानी लिन दैनिक दुई घण्टा सम्म लाग्छ समुदायका नागरिकलाई समते खानेपानी समस्या भएको बेला घरमा भएका गाइबस्तुलाई खानेपानी खुवान समेत समस्या भएको बताइन । उनले स्थानीय सरकार संग खानेपानीको माग गरेपनि बजेट बिनियोजन नगरेको उनले आरोप लगाइन । उनले भनिन् स्थानीय सरकारले बजेट बिनियोजन गर्ने र थोरै काम गरेर बढि बचाँउने प्रबृतिले समुदायका नागरिकले राम्रो संग खानेपानी पाएका छैन्न ।

 

डुगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले गाउँपालिकाको केन्द्र भएको स्थानमा मात्र नभएर दुई यस घरधुरीमा खानेपानी जोड्न लागेको बताए । उनले गाउँपालिकाका दुई सय घरधुरीमा खानेपानी पु¥याउन एक करोड पच्चास लाखको टेन्डर भएर काम अगाडी बढेको बताए । उनले भने गाउँपालिकाकामा रहेको खानेपानीको मुहानको संरक्षण गर्ने र अपुग भएको स्थानीयलाई त्यसरी खानेपानी खुवाउने तयारी गरेका छौ ।

error: Content is protected !!