जवरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
दैलेख : जवरजस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन । जिल्लाको भगवतिमाई गाउँपालिका वडा नः २ का १८ वर्षिय मोहन बुढाले एक जना बालिकालाई जवरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।
प्रहरीका अनुसार उनले सोही ठाउँकी परिर्वतित नाम ९५ लाई करणी गरेका थिए । बुढालाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत दैलेखबाट अनमती लिई हिरासतमा राखिएको र अनुसन्धान भईरहेको छ