Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

 वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली


काठमाडौं  :  सरकारसँग वार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । यसअघि आजै सरकारले पनि वार्ता टोली गठन गरेको थियो । त्यस लगत्तै सो समूहले वार्ता टोली गठन गरेको घोषणा गरेको हो ।
सो समूहले पार्टी केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराएको छ । वार्ता टोली सदस्यमा सो समूहका केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहेका छन ।
पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।

error: Content is protected !!