Loading... आजः सोमवार, असार ७, २०७८
Trending

कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए


काठमाडौं  :  विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ७२ जना निको भएका छन् । सो अवधिमा कोही पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २९४ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ५४३ जना निको भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलव ६ प्रतिशत निको भएका छन् । हाल ९७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ९७४ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

error: Content is protected !!