Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

सबैको सहकार्य र समन्वयमा कोरोना नियन्त्रण उन्मुख सांसद शर्मा

दैलेख  :  दैलेख क्षेत्र नं १ का प्रतिनिधि सभा साँसद रबिन्द्रराज शर्माले दैलेखमा सबैको सहयोगमा भएका प्रयासले कोरोना संक्रमणको जोखिम न्युनीकरणमा सघाऊ पुगेको बताएका छन् । कोभिड रोकथामका लागि खोप अभियान बारे जिल्ला स्तरीय अभिमुखीकरणमा बोल्दै साँसद शर्माले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि सरकार र त्यस महातत रहेको निकाय र नागरिकको महत्वपुर्ण भुमिकाका कारण कोरोना संक्रमणको जोखिम न्युनीकरण उन्मुख रहेको बताएका हुन ।
कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले स्थानीय तहका जनप्रतिनिधिहरुको अथक प्रयासले कोरोना रोकथाम र भारतबाट आएका नागरिकहरुको सुरक्षा व्यवस्थापनमा गरेका कामको प्रशंसा गरे ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर सावित्री मल्ल, दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले कोभिड भ्याक्सिनको काम अभियानको महत्व बारे प्रकाश पारेका थिए ।

error: Content is protected !!