दोस्रो चरण सकिदाँ ३१ सय ८४ ले लगाए खोप
दैलेख : नेपाल सरकारले कोरोना बिरुद्धको खोप सक्काएर तेस्रो चरणको खोप सुरु गर्ने तयारी गरेपनि दोस्रो चरणको खोप सम्म जिल्लाका ३१ सय ८४ जनाले खोप लगाएका छन । पहिलो चरणमा संचालन गरेको खोप १४ सय ८३ जनाले लगाएका छन भने दोस्रो चरणको खोप १७ सय १ जना गरी ३१ सय ८४ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीर प्रसाद रेग्मीले पहिलो चरण र दोस्रो चरण गरी १० गते सम्म ३१ सय ८४ जनाले कोरोना बिरुद्धको कोभिशिल्ड खोप लगाएको बताए । उनले पहिलो चरणमा दैलेखमा चार हजार आठ सय (भाइल) डोज जिल्लामा उपलब्ध भएको भए पनि अहिले सम्म ३१ सय ८४ जनाले लगाएको बताए । उनका अनुसार अहिले नेपाल सरकारले खोप लगाउन केही समय बन्द गरेकोले खोप नलगाएको भए पनि अझै २ हजार जनालाई खोप लगाउनको लागि जिल्लामा खोप स्टक रहेको छ ।
सरकारले कोरोना पहिलो चरण कोरोना बिरुद्धको अग्रपंतिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई प्रथामिकता दिएर कोरोना बिरुद्धको खोप सुरु गरेपनि केही स्वास्थ्यकर्मीले खोप नलगाएको पाइएको छ ।
दोस्रो चरणमा स्वास्थ्यकर्मी, जनप्रतिनिधी, सुरक्षाकर्मी, पत्रकारले समते जिल्लामा खोप लगाएका छन् दैलेखमा कोरोना खोप लगाएका कुनै व्यक्तिहरुमा समस्या नदेखिएकोले ढुक्क भएर खोप लगाउन खोप अधिकृत थीर प्रसाद रेग्मीले आग्रह गर्नुभएको छ धेरै नागरिक कोरोना बिरुद्धको खोपले केही असर गर्छ की भन्ने मानसिकताका कारण जिल्लामा खोप लगाउनेको संख्या कमी भएको छ ।
रेग्मीका अनुसार कोरोना बिरुद्धको खोप र त्यसले गर्ने असर र लगाउन नहुने व्यक्तिहरुका लागि विभिन्न संचार माध्ययमबाट सुचना प्रसारण समेत गरिएको छ जिल्लाका ११ स्थानीय तहमा पुगेर पहिलो चरणको खोप लगाए पनि दोस्रो चरणमा दुल्लु अस्पताल र स्वास्थ्य सेवा कार्यालय दैलेखमा र स्थानिय तहमा सिविरको रुपमा कोरोनाको खोप लगाइएको थियो ।