Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

नेकपाका दुबै समुह संगठन विस्तारमा

दैलेख  :  नेपाल कम्युनिष्ट पार्टी आधिकारिक रुपमा विभाजन नभए पनि दैलेखमा भने नेकपाका दुबै समुहले पार्टीको संठगन बिस्वार र सुदृढिकरण अभियानलाई तिब्रता दिएका छन । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष नेकपा दुवैले जिल्ला तह देखि वडा तहसम्म पार्टीका कमिटी जनवर्गीय संगठनको कमिटीहरुलाई नयाँ संरचना अनुसार अघि बढाइरहेका हुन् ।
नेकपा एमालेको जिल्ला अधिबेशन बाट निर्वाचित हुनभएका प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्मा नेकपा एमाले र माओबादी केन्द्रको एकिकरण पछि बनेको नेकपामा अध्यक्ष र माओबादी बाट संयोजक रहनु भएका प्रेम कटुवाल सचिवमा चयन भएका थिए ।
पुष पाँच गते प्रतिनिधि सभाको बिघठन सगै जिल्ला पार्टी अध्यक्ष रबिन्द्र शर्मा ओली पक्षीय र सचिव प्रचण्ड माधव नेपाल समुहमा लागे संगै दुबै समुहले अहिले जिल्लाका ११ स्थानीय तहमा संगठन विस्तार र सुदृढिकरणको अभियानलाई अगाडी बढाएका हुन । प्रचण्ड –माधव नेपाल समुहले नेकपा दैलेखको अध्यक्षमा नेकपा एमालेका पुर्ब पार्टी उपाध्यक्ष भइ सकेको नेता बरुनाथ यौगीलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको छ भने पार्टी सचिवमा पुरानै प्रेम कटुवाललाई जिम्मेवारी दिएको छ ।
ओली समुहले भने रिक्त भएको पार्टी सचिवमा अहिले सम्म कसैलाई पनि जिम्मेवारी दिएको छैन । नेकपाका जिल्ला अध्यक्ष रबिन्द्र शर्माले आफ्नो पक्षले तत्काल पार्टी सचिवको जिम्मेवारी कसैलाई नदिने बताए । उनले प्रतिनिधि सभा पुर्नस्थापना भए संगै पार्टी मिल्ने धेरै आधार बाँकी रहेकाले तत्काल अरुलाई जिम्मेवारी नदिने बताए । उनले भने भोली संसदीय दल पनि विभाजन भयो भने सोच्ने कुरा छदैछ ।
संसद विघटन लगतै गाउँ तहसम्म पुगेको दाहाल–नेपाल पक्षीय नेकपा दैलेख नेताहरु यतिबेला जनवर्गीय संगठनको भेला,नयाँ कमिटी गठन पुर्नगठनमा लागेका छन् । प्रचण्ड माधव नेपाल समुहले नारायण नगरपालिकाको कमिटि पुर्न गठन गरी आफ्नो पक्षीय नेता दिपक थापालाई नगर कमिटिको अध्यक्षको जिम्मेवारी दिएको छ ।
त्यस्तै ओली पक्षिय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा भने नेतृत्व चयन गरिएको छ । यस अघि विद्यार्थीको नेतृत्वको जिल्ला संयोजक बिष्णु बुढा र सह–संयोजक हेमन्त दशौदी दुबै प्रचण्ड–माधव नेपाल समुहमा लागेपछि त्यसको जिम्मेवारी भने जिल्ला कमिटिका सचिवालय सदस्य रहेका दुल्लु क्याप्सका स्ववियु सभापति अग्नि रिमाललाई जिम्मेवारी दिएको छ ।

माधव नेपाल समुहका नेता टेक बहादुर खाणले गाउँपालिका,नगरपालिका,प्रदेस संगठन कमिटि, निर्वाचन क्षेत्रीय कमिटि,जिल्ला कमिटि, अनेमसंघ,किसान महासंघ र अनेरास्ववियु सबै जनवर्गिय कमिटिहरुको पुर्न गठन गर्ने बताए । उनले पार्टी विभाजन नभएपनि पार्टीको आधिकारिकता आफुले पाउने भएका कारण आफुले पार्टीको संगठन बिस्तार र सुदृढिकरण अभियान चलाइएको बताए ।
त्यस्तै नेकपा ओली पक्षिय जिल्ला कमिटिका सदस्य जनक न्यौपानेले पार्टी औपचारिक रुपमा विभाजन नभएपनि पार्टीको आधिकारिकता आफुले पाउने बताए । उनले प्रधानमन्त्रीले कुनै नेतालाई कार्वाही गर्नुभएको छैन पार्टिको प्रवत्ता परिर्वतन गर्नुभएको छ । पार्टीको संसदीय दलमा सचेतक देव गुरुङले राम्रो भुमिका निर्वाह नगरेपछि बिशाल भट्टराई नियुक्त गर्नु भएको बाहेक अन्य कुनै कार्वाही नगरेको र त्यसै आधारमा पार्टीको आयोजक केन्द्रिय समिति बिस्तार मात्र गरेकाले पनि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिता पाउँने बताए । उनले जिल्लामा भने पार्टी अध्यक्षको विपरित अर्को समुहमा लागेको जिल्ला कमिटि नेताहरुलाई यथावत राखि थप साथीहरुलाई जिल्ला कमिटिमा मनोनित गरिएको बताए ।