Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन आह्वान

काठमाडौँ  :  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् । सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।यसअघि सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो ।संविधानको धारा ९३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ । प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको अधिवेशन पुस १८ गते शुरू भएर २७ गते टुंगिएको थियो ।

error: Content is protected !!