जडिबुटी बोकेको मिनिट्रक प्रहरी नियन्त्रणमा
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले जडीबुटी लिएर कोहलपुर जाँदै गरेको एउटा मिनिट्रक नियन्त्रणमा लिएको छ। जडिबुटी निकासी अनुमतीभन्दा धेरै र रुटपरमिड भन्दा अलग बाटोबाट जडीबुटी ओसार–पोसार गरेको भन्दै प्रहरीले वीरेन्द्रनगरको सुब्बाकुनाबाट भे १ ख ३०१० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा पाँच टन बराबरको जडीबुडी रहेको प्रहरीले जनाएको छ । जडीबुटी जाजरकोटको जुनिचाँदे गाउँपालिका – १ पातिकान्लाका जयबहादुर कार्कीले बाँकेको कोहलपुर नगरपालिका–१० मन्नापुरको एसपी हर्बल प्रालीलाई विक्री गर्नका लागि पठाईएको हो ।
गाडीले रुडपरिमिड विपरीत जडिबुटी ओसार–पोसार गरेकाले पनि प्रहरीले संकाकाको आधारमा नियन्त्रणमा लिएको जनाएको छ । उक्त, गाडीलाई जाजरकोट–सल्यान सुर्खेत छिन्चु हुँदै कोहलपुर नेपालगञ्ज सम्मका लागि रुटपरमिड दिईएको छ । यद्यपी, गाडीले रुटपरमिट विपरित जाजरकोटदेखि, दैलेखको रानिमत्ता–सुर्खेत वीरेन्द्रनगर हुँदै सुब्बाकुनाबाट कोहलपुर जान लागेको हो । रुटपरमिड मिचेर फरक बाटोबाट जडीबुटी ओसार–पोसार गरेको हुनाले पनि अनुसन्धानका लागि नियन्त्रणमा लिईएको प्रहरीको भनाइ छ ।