Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

७ महिनामै सिडिओ सुनारको सरुवा, प्याकुरेल दैलेखको नयाँ सिडिओ


दैलेख  :  दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको सरुवा भएको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सुनारलाई जिल्ला प्रशासन कार्यालय बर्दियामा सरुवा गरिएको हो । गत साउन २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट सुनारलाई दैलेखको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी तोकिएको थियो । दैलेखको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यभार सम्हालेको ७ महिना नबित्दै उनलाई जिल्ला प्रशासन कार्यालय बर्दिया सरुवा गरिएको हो ।
अब दैलेखको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी हरिबहादुर प्याकुरेलले सम्हाल्नेछन् । गृह मन्त्रालयले दैलेखका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हरिबहादुर प्याकुरेललाई दिएको हो । मन्त्रालयले प्याकुरेललार्य सिडिओ बनाएर पठाएको हो । प्याकुरेल जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए ।
गृह मन्त्रालयले दैलेख सहित अन्य जिल्लाको प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी (सहसचिव र उप–सचिव) को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । हरि प्याकुरेल यस अधि विभिन्न जिल्लाको साहयक प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकार भएर काम गरिसकेका छन ।

error: Content is protected !!