होटल व्यवसायीलाई अभिमुखीकरण
दैलेख : दैलेखमा रहेका होटल व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । नेपाल सरकार कृषि पशुपक्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको आयोजनामा एक दिने अभिमुखीकरण गरिएको हो ।
साना होटल तथा रेष्टुरेन्ट व्यवसायीले सरसफाई सम्बन्धमा ध्यान पु¥याउनु पर्ने कुराहरुका विषयमा होटल व्यवसायीलाई अभिमुखीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले बताउनुभयो । उहाँले व्यवसायीहरुलाई कुनै बदमासी गरेको खण्डमा आवश्यक कार्वाही समेत गरिने बताउनुभयो ।
अलिहे पनि गुणस्तर मापदण्ड पुरा नगर्ने विभिन्न उत्पादन कम्पनीलाई कार्वाही गरिएको बताउदै उहाँले कुनै ग्राहकले होटलमा आएको खानाकै कारण विरामी भएको भन्ने उजुरी दिएमा समेत कार्वाही हुने भएकाले गुणस्तरयुक्त खाना खुवाउन सबै व्यवसायीलाई आग्रह गर्नुभयो । अहिले पनि खानामा विभिन्न प्रकारका रंङहरु हाल्ने गरेको बताउँदै त्यसको मापदण्ड अनुसार राख्न सकिने बताउनुभयो ।
कार्यक्रममा होटल व्यवसायीले होटल व्यवसायलाई राज्यले समेत राम्रो नगरेको बताए । नारायण नगरपालिका वडा नः ६ मा न्यु नेपाल कटेज संचालन गरिरहेका शिवराज जैसीले होटल व्यवसायी राम्रो संग होटल संचालन गर्न नपाएको बताए । उनले साझ ८ बज्न बिक्तिकै प्रशासनले बन्द गर्ने आदेश दिने गरेको भन्दै त्यसको बिरोध समेत गरेका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले काुननी प्रक्रियाका विषयमा होटल व्यवसायीलाई जानकारी गराएको बताइएको छ ।