Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दैलेखमा बजार अनुगमन,अधिकाँस पसलमा छैन मुल्यसुचि

दैलेख :  जिल्ला सदरमुकाम दैलेख बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय दैलेख, दैलेख उद्योग बाणिज्य संघ, नारायण नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, दैलेखको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो ।
टोलीले विशेषगरी उपभोग्य सामानको गुणस्तरको अनुगमन गरेको हो । अनुगमनको क्रममा केहि पसलमा अखाद्य पदार्थ फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा अधिकाँश पसलहरुमा मुल्य सूची नराखेको र एउटै पसलबाट सबै सामानहरु बेच्ने गरेको पाईएको छ ।
अनुमगन टोलीले मापदण्ड पूरा नगरेका पसलहरूमा सुधार्न सुझाव समेत दिएको छ । अनुमगन टोलीमा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी नायब उपरिक्षक(डिएसपी) अनुपम श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा लगाएत सहभागि थिए ।