Loading... आजः बिहिबार, चैत्र १५, २०८०
Trending

देश भर थपिए ५७ जना कोरोना सङ्क्रमित


काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ५७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३३ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार नौ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । हालसम्म दुई लाख ६८ हजार ९२९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले हाल एक हजार ६३१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । हालसम्म २१ लाख १३ हजार ५४९ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ । हाल ८१ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या समेत थपिएको छ ।
पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ ।